१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माइली राईलाई नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा तीन लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:१४:oo

नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। 

श्रीमानको  शव आर्यघाट लैजान पैसा नभएर रिक्सामा लगेको समाचार नयाँ पत्रिकालगायतका सञ्चारमाध्यममा प्रकाशित भएपछि समाजको सक्रियतामा संकलित तीन लाख एक सय पाँच रुपैयाँ आइतबार  राईलाई उपलब्ध गराइएको हो। समाजको पहलमा नेपालसहित अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीहरूबाट सो रकम जुटेको हो।

आइतबार पशुपतिको किरियापुत्री भवनको १०७ नम्बर कोठामा पुगेर नुवाकोट–काठमाडौं पत्रकार समाजका संयोजक रमेश जम्कट्टेल र अमेरिकानिवासी नुवाकोटका देवेन्द्र गजुरेलले माइलीलाई संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरे। 

हालसम्म माइलीको परिवारलाई विभिन्न व्यक्तित्वहरूबाट करिब १८ लाख आर्थिक सहयोगसहित खाद्यान्न र अन्य सामग्री जुटेको बताइएको छ।

ad
ad