मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ५ सोमबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १४:२५:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु. दुई लाख ३५ हजार आठ सय ९५, तत्कालीन इन्जिनियर सत्यपाल सौरभविरुद्ध रु. ८६ हजार ६ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाँका प्रधानाध्यापक मुहमद समिमविरुद्ध रु. तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

ईशनाथ– ५ स्थित आधारभूत विद्यालय लक्ष्मीनियाँ जटहरामा दुईकोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर  र इस्टिमेटविपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ।