१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पलेशा पेरिस ओलम्पिकलाई छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१९:oo

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छिन्। चीनमा भइरहेको एसियन छनोटमा पलेशाले के–४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जित्दै यसै वर्ष पेरिसमा आयोजना हुने पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन्।

पलेशाले आइतबार सम्पन्न फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई ५–४ ले पराजित गरिन्। त्यसअघि पलेशाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। यससँगै पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन्।

यसअघि सन् २०२० मा भएको टोकियो पारा ओलम्पिकमा पलेशाले पहिलो खेलमै हारे पनि त्यसपछि ‘रिपेचेज’मा दुई खेल जितेकी थिइन्। कांस्य पदकको लागि निर्णायक फाइटमा भने उनी चिनियाँ खेलाडीविरुद्ध चुकेकी थिइन्। ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। पलेशाले सन् २०२२ चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन्।

प्रशिक्षक कविराज नेगी लामाले पलेशालाई १३ वर्षको उमेरदेखि प्रशिक्षण गराउँदै आएका छन्। तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिप कोरियामा पहिलो अन्तराष्ट्रिय प्रतियोगितादेखि हाल पेरिस २०२४ पारा ओलम्पिकको नेगी नै प्रशिक्षकको भूमिकामा रहेका छन्।

ad
ad