१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्रीसमक्ष पोखराका पर्यटन व्यवसायीले बुझाए आठबुँदे मागपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:१७:oo

पोखराका पर्यटन वयवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आठवटा माग समेटिएको पत्र बुझाएका छन्।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्को अगुवाइमा आइतबार प्रधानमन्त्रीलाई व्यवसायीले मागपत्र हस्तान्तरण गरेका हुन्। पर्यटन व्यवसायीको तर्फबाट परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीलाई मागपत्र बुझाएका थिए।

पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गर्नका लागि आएका प्रधानमन्त्रीलाई व्यवसायीले छिमेकी देशको राजकीय भ्रमणका दौरान विगतमा राखेका मागका सन्दर्भमा देखाएको प्राथमिकता र सदासयताका लागि उच्च सम्मानसहित हार्दिकता प्रकट गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको, पर्यटन व्यवसायले गएका केही वर्षदेखि संकटको सामना गर्नुपर्दा समग्र अर्थतन्त्रमा शिथिलता पैदा भई समग्र निजी क्षेत्र, व्यापार, व्यवसाय, उद्योग कलकारखाना संकटमा पर्न थालेको, व्यवसाय ओरालो लागेसँगै बैंक तथा वित्तीय संस्थामा पनि संकट देखिन थालेको, व्यवसाय घट्दा बैंक सशंकित हुन थालेका र व्यवसायीलाई दिएको ताकेताले मनोवैज्ञानिक असर देखिएको भन्दै व्यवसायीले ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको उल्लेख गरेका छन्।

यस्ता छन् मागहरू
१. पोखरा पर्यटनको राजधानी घोषणा गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नु भएकोमा आमपोखरेली संघसंस्थाहरूका तर्फबाट उच्च सम्मान प्रकट गर्दै यसको विकास र प्रचारप्रसारका लागि नियमित बजेट बिनियोजन गरिदिनुहुन माग गर्दछौँ ।

२. पर्यटन बोर्डको पुनर्संरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दछौँ ।

३. ब्याजदर एकल अंक र व्यक्तिगत कर्जाजस्तै व्यावसायिक कर्जाको समायावधि अधिकतम हुनुपर्ने । पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने जोडदार माग गर्दछौँ ।

४. पोखरा मुग्लिङ सडक खण्डको निर्माणकार्य तोकिएकै समयमा सम्पन्न गर्न साथै पोखरा सुनौली राजमार्गको स्तरोन्नतिको माग गर्दछौँ ।

५. पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तराष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गर्दै अन्य एयरलाइन्सलाई पनि सुविधासहित आकर्षण प्याकेज दिई प्रोत्साहन गर्न माग गर्दछौँ ।

६. अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपाली क्रिकेटले पाएको सफलतालाई सरकारको तर्फबाट संरचनाहरू निर्माण गरी खेल पर्यटनको रूपमा विकास गर्न पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि माग गर्दछौँ ।

७. मुस्ताङ–डोल्पा, पोखरा–भिमाद–कावासोती, नारायणगढ–बुटवल सडकको निर्माण सम्पन्न गरी पोखराबाट समदूरीमा रहेको त्रिवेणी कोरोला नाकालाई त्रिदेशीय व्यापारिक प्रवर्द्धन गरी पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकसित गर्ने ।

८. नेपालमा प्याराग्लाइडिङ खेलले मेडल प्राप्त गर्ने क्रममा सन् २०१८ मा इन्डोनेसियाको जाकर्तामा गई एसियाड गेममा रजत प्राप्त गरी देशकै शिर उच्च राखेको स्मरण गराउँदै गत साल नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटना भई एक खेलाडीको मृत्युपश्चात् नेपाल नागरिक उड्डयन प्रधिकरणले प्याराग्लाइडिङको हवाई खेल अर्थात सोलो उडान एयर स्पेस बन्द गरेको अवस्थामा खेलाडीहरूले खेलको निरन्तर अभ्यास गर्न नपाई खेलाडीको मनोविज्ञानमा ठूलो असर परेको र आगामी दिनमा यस्तै खालका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन गर्नुपर्ने अभ्यास बन्द नहुन र थप मेडल प्राप्त गरी विजेता सुनिश्चित गर्नका साथै हजारौँ भिजिटर्स र गेममा सहभागी आन्तरिक तथा बाह्य खेलाडीका कारण पर्यटन व्यवसायमा पर्ने प्रभावका कारण यथाशीघ्र नेपाल नागरिक उड्डयन प्रधिकरणलाई विशेषतः पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा समेत स्थायी सोलो उडान खुलाउने अनुमतिका लागि निर्देशन तथा सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौँ ।

ad
ad