१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रमेश सुनार कालीकोट
२o८१ जेठ ३ बिहीबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वनको आगो निभाउने क्रममा जलेर बाबुछोरी घाइते

Read Time : < 1 मिनेट
रमेश सुनार, कालीकोट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १९:oo:oo

कालीकोटको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबु–छोरी घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि नजिकै रहेको उक्त वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्द्रराम चौलागाईं र उनकी छोरी हेमन्ती चौलागाईं आगोले जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिए।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरू आगो निभाउने क्रममा जलेका हुन्। जलेर घाइते भएका दुवैजनालाई उपचारका लागि मान्मस्थित जिल्ला अस्पताल पुर्‍याइएको छ।

आगोले जलेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। स्थानीय र प्रहरी टोलीले आगो नियन्त्रण गरिसकेको छ भने क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ad
ad