Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार १५:५६:००
समाचार

जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टी अत्य गर्न माग

नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार १५:५६:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । 

कांग्रेस प्रतिनिधिसभाका सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको ? भनि सरकारलाई प्रश्न गरे । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने स्पष्ट पारे । सांसद सिंहले समितिमा छलफल भइरहेको सो विधेयक कर्मचारीहरुले आफूखुसी तयार पारेको देखिएको उल्लेख गर्दैै आपत्ति जनाए ।

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिएका थियो । उनले कानून र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धि कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको पनि बताए ।