१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन टुट्नुमा प्रधानमन्त्री दोषी हुन्, हामी होइन : कांग्रेस प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३८:oo

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस–माओवादी गठबन्धन तोडिनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको बताएका छन् । 

पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा. महतले तत्कालीन सत्तागठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार नरहेको बताए । उनले कांग्रेसकै कारण गठबन्धन टुटेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अरूलाई दोषारोपण गर्ने कुरा मात्र भएको जिकिर गरे । 

उनले कांग्रेसकै कारण सरकारले औसतभन्दा बढी उपलब्धि हासिल गर्न नसकेको भन्दै प्रधानमन्त्रीले झुटो र भ्रमपूर्ण अभिव्यक्ति दिएको पनि बताए । निवर्तमान अर्थमन्त्रीसमेत रहेका महतले कांग्रेसलाई दोषारोपण गर्ने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको जिकिर गरे । 

‘कांग्रेसको कारणले औसतभन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु योभन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन,’ उनले भने, ‘म यो कुरा ठोकुवाका साथ भन्छु । हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो ।’

मुलुकको अर्थतन्त्र सुधार्न आफूले प्रस्तुत गरेको मार्गचित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो । 

ad
ad