१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको मुख्य आकर्षण ‘थारूगाउँ’

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo

कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा ‘थारूगाउँ’ मुख्य आकर्षण बनेको छ।

२१ फागुनदेखि सुरु महोत्सवमा कैलाली–कञ्चनपुरका थारू समुदायको लोकसंस्कृति, कलासहित खाद्य परिकार राखिएको छ। महेन्द्रनगर खुलामञ्चमा हालसम्म सञ्चालन भएका महोत्सवमध्ये पहिलोपटक छुट्टै ‘थारूगाउँ’ स्टल राखिएको हो।

दैनिक सयौँको संख्यामा दर्शकले थारूगाउँ अवलोकन गरिरहेको थारूगाउँ स्टलका संयोजक वेदप्रकाश चौधरीले बताए। उनका अनुसार स्टल अवलोकनका लागि २५ रुपैयाँ निर्धारण गरिएको छ। ‘भित्र थारूका मौलिक खाने परिकारसहित सांस्कृतिक स्टल पनि छन्,’ उनले भने, ‘थारूका लोकपरम्परागत कामकाज गर्ने कौशीसमेत निर्माण गरिएको छ।’

लोप हुन लागेको थारू समुदायको लोकसंस्कृति, धर्म–परम्परा, संरक्षण प्रवर्द्धनका लागि छुट्टै स्टल राखिएको उनले बताए।  ‘हामीले यसपटकको महोत्सवमा पहिलोपटक थारूगाउँ स्टल राखेका हौँ,’ उनले भने। थारू परिकारलाई बजारीकरण गर्दै थारू समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको उनले बताए।

‘अहिले १२ स्टलमा थारू समुदायको परम्परागत परिकार राखेका छौँ,’ उनले भने, ‘दैनिक थारू समुदायको पहिरनमै सांस्कृतिक कार्यक्रम राखिरहेका छौँ।’ 

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले पहिलोपटक पश्चिम नेपालका थारू समुदायको लोकसंस्कृति धर्म, कला पहिरन संरक्षणका लागि ‘थारूगाउँ’को छुट्टै स्टल राखिएको बताए। महासचिव बोहराले थारू स्टलसहितका सबै क्षेत्रमा दर्शकको चाप बढिरहेको बताए। विगत २२ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको महोत्सवको यो संस्करणमा ‘थारूगाउँ’ले थप रौनकता छाएको छ।

संघका अध्यक्ष पीताम्बर जोशीका अनुसार थारू गाउँ हेर्ने दर्शकको चापलाई मध्यनजर गर्दै मेला थप एक दिन सञ्चालन गरिने बताए। १ चैतमा मेला समापन गरिनेछ। ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ।

ad
ad