१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार

मन्त्रीलाई सपथ गराउँदै गर्दा प्रदेश प्रमुख बर्खास्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:oo:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री नियुक्त गरेका छन्। नागरिक उन्मुक्तिको संसदीय दलका पूर्वनेता लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीयमन्त्री नियुक्त गरिएको हो। उनलाई प्रदेश प्रमुख देवराज जोशीले केहीबेरअघि पद तथा गोपनीयताको शपथ गराएका छन्।

अल्पमतमा परेका मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिबाट गत शुक्रबार थप दुई मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गरेका थिए। एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रहेको नागरिक उन्मुक्तिले राज्यमन्त्री फिर्ता बोलाएर नयाँलाई पठाएको थियो।

योसँगै आठसदस्यीय प्रदेश सरकारमा नागरिक उन्मुक्तिका मात्रै पाँच मन्त्री छन्। केन्द्रमा गठबन्धन फेरिएसँगै सुदूरपश्चिम सरकार गठनका लागि निर्णायक बनेको नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाले मन्त्री बन्ने अवसर पाएका हुन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। पाँचवटा मन्त्रालय दिएर नागरिक उन्मुक्तिको समर्थन कायम राखे पनि सरकारको पक्षमा बहुमत जुटिसकेको छैन। मुख्यमन्त्रीले एक सदस्य रहेको राप्रपा र स्वतन्त्र सांसदलाई समेत मन्त्री पद दिएर सरकारमा भित्र्याएर बहुमत पुर्‍याउन कसरत गरिरहेका छन्। सरकारको सहभागिताको विषयमा नागरिक उन्मुक्तिभित्रै विवाद छ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ सदस्यको समर्थन छ। राप्रपा र स्वतन्त्र सांसदले मत दिए २७ सिट पुग्छ।

शपथ गराउँदै गर्दा प्रदेश प्रमुख पदमुक्त
प्रदेश प्रमुख जोशीले नवनियुक्त मन्त्रीलाई शपथ गराएलगत्तै सरकारले उनीसहित तीनवटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ।

मन्त्रीलाई शपथ गराएर प्रदेश प्रमुख आफ्नो कार्यकक्षमा मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूसहित बसिरहेका वेला सरकारले तीन प्रदेशमा प्रदेश प्रमुख पदमुक्त गरेको निर्णय सार्वजनिक भएको हो। सरकारले सुदूरपश्चिमको प्रदेश प्रमुखमा नजिर मियाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

ad
ad