१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार स्थायी समितिबाट टुंग्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५२:oo

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार पार्टीको स्थायी समितिबाट टुंग्याउने भएको छ। शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारको विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने प्रस्ट पारेका हुन्।

विश्वासको मत कहिले लिने भन्ने विषय भने सहयात्री दलसँग छलफल गरेर टुंग्याउने उनको भनाइ थियो। बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका प्रचण्डले परिवर्तित राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा प्रतिनिधिसभाका विषयमा मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय सभाका विषयमा उक्त सदनका प्रमुख सचेतक गोपीबहादुर अछामीले जानकारी गराएका थिए।

ad
ad