१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक अर्ब ५० करोड लगानीमा होन्डाको एसेम्बल प्लान्ट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२५:oo

होन्डाको दुईपांग्र्रे सवारीको एसेम्बल प्लान्ट अब नेपालमै हुने भएको छ । होन्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले भैरहवामा होन्डाको ‘एसेम्बल प्लान्ट’ उद्घाटन गरेका हुन् ।एक अर्ब ५० करोड रुपैयाँको लगानीमा दुई लाख वर्गफुट क्षेत्रफलमा प्लान्ट स्थापना गरिएको कम्पनीले जनाएको छ । उक्त प्लान्टको वार्षिक क्षमता एक लाखवटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने रहेको कम्पनीको भनाइ छ । 

प्लान्ट उद्घाटन कार्यक्रममा कुमामोतो फ्याक्ट्री, भेइकल एसेम्बल प्लान्टका महाप्रबन्धक तायुकी नाकानोसे, एएसएच थाइल्यान्डका बिक्री निर्देशक तेत्सुया कोमिने तथा उत्पादन निर्देशक ओइची सिमादा उपस्थित रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, जापानबाट बिक्री विभाग प्रमुख मासाहिदे हिरोसी र सहायक प्रबन्धक यासुयुकी यामामोतो तथा एचएमएसआई–भारतका उत्पादन निर्देशक नवीन अवाल र आयात–निर्यात बिक्री तथा आफ्टर सेल्स सर्भिसका महाप्रबन्धक प्रदीप चौधरी पनि उपस्थित रहेको जनाइएको छ ।

त्यस्तै, ज्योति गु्रपका अध्यक्ष पद्म ज्योति, होन्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति तथा स्याकार ट्रेडिङ कम्पनीका उपाध्यक्ष सुरिद ज्योतिको पनि उपस्थिति रहेको जनाइएको छ । कम्पनीले नवस्थापित एसेम्बल प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको बिक्री–वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङको सेवा झनै सहज र सुलभ हुने जनाएको छ । 
 

ad
ad