१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format o७:२७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछाका भुराको माग बढ्दै, बढेन उत्पादन

मत्स्य विकासले उत्पादन बढाउन नसक्दा किसान निजी फार्मबाट महँगोेमा किन्न बाध्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२७:oo

तालतलैयाले भरिपूर्ण कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा देखिएको किसानको आकर्षणले माछाका भुराको माग बढ्दो छ । तर, प्रदेश सरकारमातहतको कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले भने मागअनुसार भुराको उत्पादन बढाउन सकेको छैन । केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान महँगोे मूल्य तिरेर निजी फार्म र अन्य प्रदेशबाट समेत माछा भुरा खरिद गर्न बाध्य छन् ।

माछाका भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारले करिब पाँच दशकअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो । किसानको माग बढ्दै गए पनि केन्द्रमा भुराको उत्पादन बढाउन नयाँ पोखरी थप्ने तथा पुराना पोखरीको मर्मत गर्ने कार्य हुन सकेको छैन । मत्स्य विकास केन्द्र हाल प्रदेश सरकारमातहत छ ।

केन्द्रले उत्पादन बढाउन नसकेपछि किसानले निजी फार्मबाट महँगोमा भुरा किन्नुपर्ने अवस्था छ । मत्स्य विकास केन्द्रबाट किसानले मागअनुसार माछाको भुरा पाउन नसकेको कैलारी गाउँपालिकाका माछापालक किसान रामलखन चौधरीले बताए । ‘केन्द्रले पर्याप्त मात्रामा उत्पादन नगर्दा बाहिर दोब्बर मूल्यमा किन्नुपरिरहेको छ,’ उनले भने, ‘त्यहाँ उत्पादन बढाइदिए किसानले लाभ पाउने थिए ।’ 

माछाका भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारले करिब पाँच दशकअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो । किसानको माग बढ्दै गए पनि केन्द्रमा भुराको उत्पादन बढाउन नयाँ पोखरी थप्ने तथा पुराना पोखरीको मर्मत गर्ने कार्य हुन सकेको छैन ।

उत्पादन बढाउन नसकिएपछि सुदूरपश्चिममा खपत हुने भुराको करिब ५० प्रतिशत माग मात्र केन्द्रले धानिरहेको मत्स्य विकास केन्द्रका निमित्त प्रमुख निर्मल खातीले बताए । पूर्वाधारका कारण भुराको उत्पादन बढाउन नसकिएको उनले बताए । केन्द्रले यस वर्ष भने गत वर्षको भन्दा बढी करिब पाँच करोड भुरा बिक्री गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । गत वर्ष सवा चार करोड भुरा बिक्री गरेको थियो ।

‘प्रशस्त प्राकृतिक तालतलैया रहेका कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ, यसले भुराको माग पनि बढेको छ,’ उनले भने, ‘तर पूर्वाधारका कारण मागअनुसार भुराको उत्पादन बढाउन सकेका छैनौँ ।’ उनले नयाँ पोखरी निर्माण र भएका पोखरीको मर्मत गर्न नसक्दा किसानको मागअनुसार भुरा उत्पादन बढाउन नसकिएको बताए । 

‘पुराना पोखरी पुरिएर गहिराइ कम हुँदै गएको छ, ती अहिले मापदण्डअनुसार छैनन् । तिनको मर्मत गर्न आवश्यक छ,’ निमित्त प्रमुख खातीले भने, ‘बजेट नहुँदा नयाँ पोखरी पनि बनाउन सकिएको छैन ।’ पोखरी मर्मत र निर्माणका लागि सरकारसँग हरेक वर्ष बजेट माग गरे पनि नपाएको उनले बताए ।

भएका पोखरीको मर्मत र नयाँ पोखरी निर्माण गर्न सके मागको ७० देखि ७५ प्रतिशतसम्म भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा पोखरी छन् । थप डेढ बिघा जमिनमा नयाँ पोखरी निर्माण गर्न सकिने खातीले बताए । बाँकी क्षेत्रमा कार्यालय, कर्मचारी आवासलगायत संरचना छन् ।

केन्द्रले फागुनदेखि भदौ महिनासम्म माछाको प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्छ । केन्द्रबाट सिजनमा समेत मागअनुसार भुरा नपाएको किसानको गुनासो छ । बेसिजनमा भुरा किन्न आउने किसानलाई फर्काउनुपर्ने अवस्था रहेको निमित्त प्रमुख खातीले बताए । उनका अनुसार यस वर्ष केही पोखरी मर्मत गर्न सरकारसँग ५० लाख बजेट माग गरिएको थियो, सरकारले निकासा गरेन ।