१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कामै नगर्ने उपभोक्ता समितिलाई भुक्तानी, गाउँपालिका पूर्वअध्यक्षसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२२:oo

गलत प्राविधिक मूल्यांकन प्रतिवेदन बनाई काम नै नगरेको योजनाको भुक्तानी दिएको भन्दै अख्तियारले हुम्लाको चंखेली गाउँपालिकाका पूर्वअध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आव ०७४/७५ मा चंखेली– ३ को मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गलत प्राविधिक मूल्यांकन प्रतिवेदन बनाई भुक्तानी दिएको भन्दै अख्तियारले तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र असिस्टेन्ट सबइन्जिनियर अजय भन्ने अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंसबहादुर ऐडी तथा चंखेली गाउँपालिका– ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीलाई पनि प्रतिवादी बनाइएको छ। टेकबहादुर र हंसबहादुरले सम्झौताबमोजिमको कुनै कार्य नगरी झुटा कागजात पेस गरी १० लाख २९ हजार तीन सय २५ रुपैयाँ भुक्तानी लिएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार वडाध्यक्ष ऐडीले बाटो निर्माण योजनामा नगरेको कामलाई कार्य सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेका थिए।

ad
ad