१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२१ लाखसहित हुन्डी कारोबारमा संलग्न पाँचजना बाराबाट पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२o:oo

बारा प्रहरीले २१ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले गत शुक्रबार र आइतबार गरी दुईपटकमा २१ लाखसहित पाँचजनालाई पक्राउ गरेको हो।

गत शुक्रबार लुकाएर भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा प्रहरीले करिब पाँच लाख रुपैयाँसहित रञ्जित सर्राफलाई कलैया उपमहानगरपालिका– ६ स्थित अस्पताल रोडबाट पक्राउ गरेको थियो।

भारतको बिहार राज्य मोतीहारी जिल्ला थाना हरपुर पञ्चायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रञ्जित सर्राफसहित कलैया– ४ मा मनी चेन्जर सञ्चालन गर्दै आएका कलैया– ७ का ३१ वर्षीय कलामुद्दिन अन्सारी र अर्का मनी चेन्जरका सञ्चालक बारा महागढीमाई नगरपालिका– १ घर भएका ३९ वर्षीय मेराजुल हक अन्सारी पनि पक्राउ परेका छन्।

प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका– १ स्थित छत्वा कल्याणपुर सुलिगेटबाट भारतबाट नेपालतर्फ आउँदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत राज्य बिहार मोतीहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्णलाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रविशंकर सिंहलाई पक्राउ गरेको छ।

उनीहरूबाट १६ लाख नौ हजार रुपैयाँसमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए। पक्राउ परेकाहरूलाई अनुसन्धान गर्ने क्रममा उनीहरूसँग कुनै पनि बैंकको इजाजत नभएको पाइएपछि प्रहरीले हुन्डी कारोबार हुन सक्ने भन्दै अनुसन्धान सुरु गर्‍याे।

अनुसन्धानका क्रममा मलेसियामा रहेका नेपालीले भारत हुँदै मासिक तलब नेपाल पठाएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए। उनका अनुसार हुन्डी कारोबारमा पक्राउ परेकाहरूले करोडौँको काराेबार गरेकोसमेत देखिएको छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad