१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस काठमाडौं
२o८१ जेठ २ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्यून गुणस्तरका तीन औषधि बिक्री-वितरणमा रोक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१o:oo

औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्री-वितरणमा रोक लगाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री-वितरणमा रोक लगाएको बताए।

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अलबेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो।

उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए।

ad
ad