१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘सतीदेवी’प्रति सञ्चारमन्त्री शर्माको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:४७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन्।

मन्त्री शर्मा र ‘सतीदेवी’का लेखक, निर्माता एवं निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष, सिंहदरबारमा भएको भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो। मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन्।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयवस्तुको बारेमा विस्तृतमा व्याख्या गरेका थिए। मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्रबारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष रूपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए। मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन्।

सञ्चारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदीले बताए। उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतिका लागि केही गरौँ भन्ने भावनायुक्त भएको पाएको उल्लेख गरे।

दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय चर्चामा छ। गत माघ तेस्राे साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा ‘सतीदेवी’ले सर्वाेत्कृष्ट चलचित्र र शिव रेग्मीले सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेका थिए।

यस चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले बताए।

ad
ad