१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण १८ शुक्रबार २१:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सशस्त्रको खुकुरी प्रहारबाट ६ स्थानीय घाइते

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १८ शुक्रबार २१:११:००

नेपाल–भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ। 

झडपको क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ स्थानीय घाइते भएका छन्। नयाँ पत्रिकालाई प्राप्त भिडियोमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको देखिएको छ। 

झडप किन भएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरअन्तर्गतकाे प्रस्तावित सतीघट्टा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएका सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरले भने सामान्य विवाद भएको बताएकाे छ। 

एसपी कवीन्द्र राईको नेतृत्वमा टोली घटनास्थल जाने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेहरूको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।