१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा जुम्ला र हुम्ला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४३:oo

कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा जुम्ला र हुम्ला टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार सेमिफाइनलका दुई खेलमा विजयी भएका हुम्ला र जुम्ला टिम फाइनल प्रवेश गरेका हुन्।

पहिलो खेलमा पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा खेल एक–एक गोलको बराबरीमा पुगेपछि पेनाल्टी सुटआउटमा ६–५ गोल गर्दै जुम्ला फाइनलमा पुगेको हो।

यसैगरी, दोस्रो खेलमा कालीकोटलाई दुई–एक गोलअन्तरले हराउँदै हुम्लाले फाइनलको यात्रा पक्का गरेको हो। हुम्लाका जर्सी नम्बर ६ का खेलाडी सागर शर्मा र जर्सी नम्बर १४ का शिव रावलले गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको कालीकोटले खेलको निर्धारित समयसम्म थप गोल गर्न सकेन।

प्रथम प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त शुक्रबार हुनेछ।

ad
ad