लोकप्रिय एसेसरिज ब्रान्ड एमसिडोडोका उत्पादनहरू नेपाली बजारमा पाइने भएको छ । एडुटेक इन्टरनेसनल प्रालिले आइफोन प्रयोगकर्ताका लागि लक्षित गर्दै उक्त ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।
एडुटेकले बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टिडब्लुएस इयरबड, वायरलेस पावर बैंक, युएसबी केबल, म्याग्नेटिक फोन केसलगायत उत्पादन उपलब्ध गराउँदै आइरहेको छ ।
यिनको मूल्य पाँच सयदेखि १२ हजारसम्म रहेको एडुटेकले जनाएको छ । बढ्दो आइफोनप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजीकरण गर्न आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केबल, इयरबड ल्याएको एमसिडोडोको दाबी छ ।