मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Thursday, 23 January, 2025
२o८o फाल्गुण १४ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
समाचार

महानगरका अस्पतालमा फोहोर व्यवस्थापनमा चरम लापरबाही : चार अस्पतालको फोहोर संकलनमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार १o:३९:oo

 काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनमा चरम लापरबाही भइरहेको भेटेपछि चार अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । कलंकीस्थित सहिद मेमोरियल अस्पताल र नेपाल नेसनल अस्पताल, चाबहिलमा रहेको दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।

महानगरले कलंकी क्षेत्रमा शुक्रबार र चाबहिल क्षेत्रमा आइतबार अनुगमन गरेको हो । फोहोर संकलनमा रोक लगाएका अस्पतालहरूलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिबद्धता, अहिले फोहोर व्यवस्थापनका लािग सहकार्य गरिएका संघ–संस्थाको विवरण लिएर तीन दिनभित्र महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘ल्यान्डफिल साइटमा कुनै पनि हानिकारक फोहोर नपुगोस् भनेर अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक–फरक अवस्था देखिएको छ,’ ल्यान्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले भने । यसअघि कान्ति बाल अस्पतालको फोहोर संकलनमा पनि रोक लगाइएको थियो । हालसम्म पनि कान्तिको फोहोर संकलन गरिएको छैन ।

 सहिद मेमोरियल अस्पतालमा फोहोर वर्गीकरण गर्न राखिएका बाल्टिनहरूको रङ संकेत मिलेको छैन । सबै खालको फोहोर सबै बाल्टिनमा राखिएको छ । वार्डमा उत्पादन भएका सुईलाई निसंक्रमित बनाउन स–साना ‘अटोक्लेभ’ राखिएका छन् । अटोक्लेभहरूको बिर्को राम्ररी नलाग्ने भएपछि प्रभावकारितामा प्रश्न उठेको छ । संकलित फोहोर ढुवानी गर्ने प्रणाली व्यवस्थित छैन । वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘अटोक्लेभ गर्ने मेसिन भएको ठाउँमा पुग्ने बाटो साँघुरो छ । अँध्यारो र साँघुरो ठाउँबाट जानुपर्दा संक्रमित फोहोरले भित्ता र अन्य सामानमा छुने र यसबाट संक्रमण बढ्ने खतरा छ ।’ अस्पतालको छतमा सिरिन्जलगायत कालो प्लास्टिकका बाँधेर फोहोरका पोका राखिएका छन् । यो फोहोर खुला भएकाले पक्षीहरूको सीधा सम्पर्कमा पुग्छन् । 

छुटाउनुभयो की ?