१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा बस, स्कुटर र एम्बुलेन्स ठाेक्किँदा चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:oo:oo

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बर्दियातर्फ आउँदै गरेको बाप्र ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना.३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग.१च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्ससँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी स्कुटरचालक गैँडाकोट– ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मिर्गौलाका बिरामी मध्यविन्दु– १२ का ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार मध्यविन्दु– १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका छन्।

घाइतेमध्ये ७५ वर्षीय मानबहादुर कुमालको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

ad
ad