१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पत्रकारले पारिश्रमिक नपाएको विषय संसदमा पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:२६:oo

पछिल्लो समय सञ्चारगृहहरूले पत्रकारहरूलाई पारिश्रमिक नदिएको विषय संसदमा प्रवेश गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

पारिश्रमिकका लागि पत्रकारहरू सडकमा आन्दोलन गर्नुपर्ने अवस्थासम्म पुगेको उल्लेख गर्दै उनले भने, ‘श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय अहिले मिडिया हाउसबाट सडकसम्म पुगेको छ। प्रजातन्त्रको बहाली र पुनर्स्थापनामा मात्र होइन सुशासन, पारदर्शितालगायत आममानिसलाई सुसूचित गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सञ्चार जगत् र श्रमजीवी पत्रकार आज विषम परिस्थितिबाट गुज्रिरहेका छन्।’

श्रमजीवी पत्रकारको समस्यालाई बेलैमा सम्बोधन गर्न नसके लोकतन्त्र फस्टाउन नसक्ने सांसद श्रेष्ठले प्रस्ट पारेका छन्।

आफूविरुद्धकै विषय भएकाले सञ्चारमाध्यमले उक्त विषयलाई प्रकाशन–प्रसारण नगर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘श्रमजीवी पत्रकारहरूले झेल्दै आइरहेको आजको यो समस्यालाई राज्य व्यवस्थाले बेलैमा हल गर्न सकेन भने लोकतन्त्र फस्टाउन सक्दैन। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार जगतमा कार्यरत श्रमजीवी पत्रकारले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि होइन ? सञ्चारमाध्यमकै विषय उठाएकाले यो कुरा सञ्चारमाध्यममा त्यति नआउला, तर सरकारको ध्यान जाओस्।’

ad
ad