Skip This
मोरङमा भारतीय ट्रक दुर्घटना हुँदा तीन बालबालिकाको मृत्यु, एक घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Monday, 10 August, 2026
२o८o फाल्गुण ११ शुक्रबार १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा भारतीय ट्रक दुर्घटना हुँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १६:१७:oo

बुढीगंगा गाउँपालिका– ४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्।
    
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्बल लोड गरेको भारतीय लहरी नम्बर आर जे २९ जिबी १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका  चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको छ। घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  लहरीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक दाहालले बताए। तीनजनाको शव परीक्षणका कोशी अस्पतालमा राखिएको र परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस