१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स ३७औँ वर्षमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कम्पनीले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

साे अवसरमा देशभरका ५३ वटा बाल तथा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रमको आयोजना समेत गरिएको कम्पनीले जनाएको छ। 

यसैगरी अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिलाई सेतो छडीसमेत वितरण गरिएको छ।

कम्पनीले आगामी दिनमा व्यवसायिकता, प्रविधिमैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। 

ad
ad