१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण ९ बुधबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अटो दुर्घटना हुँदा चालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ९ बुधबार ११:२६:००

मकवानपुरको हेटौँडामा बुधबार बिहान अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोका चालक मकवानपुरगढी गाउँपालिका– ४ ज्वालादेवीका ३५ वर्षीय सुमन भन्ने देवीबहादुर घिमिरे रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बुधबार बिहान गाउँपालिका– ४ ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङ बजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना.२ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका थिए । 

टाउको र  निधारमा चोट लागेका घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।