आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेलको विकेट गुमाएको छ ।
कप्तान रोहितले नौ बल सामना गरे पनि रन बनाउन सकेनन् । नामिबियाले बलिङ परिवर्तन गरेसँगै विकेट हात पारेको हो । रोहितलाई इटोनले आफ्नो पहिलो ओभरमै स्कोल्टजबाट सहज क्याचआउट गराए ।
सिरिजको पहिलो खेलमा रोहितले नामिबियाविरुद्ध एक रन मात्र बनाएका थिए । नेपालले २४ ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय १३ रन बनाएको छ ।
क्रिजमा कुशल मल्लले ४६ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ३३ रन बनाएका छन् ।