१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिवि उपकुलपतिको टुंगो यसै साता

अन्य तीन विश्वविद्यालयमा पनि उपकुलपति छनोट गरिँदै 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२४:oo

त्रिभुवन विश्वविद्यालयको कुलपतिको यसैसाता टुंगो लाग्ने भएको छ । सोमबारदेखि प्रस्तुतीकरण र अन्तर्वार्ता चरण सुरु गरेको सिफारिस समितिले अब तीन दिनमा अन्तर्वार्ता सकेर तीनजनाको नाम प्रधानमन्त्री एवं कुलपतिलाई बुझाउने तयारी गरेको छ । 

उपकुलपतिका लागि सर्टलिस्टमा परेका १४ जनाको बिहीबार प्रस्तुतीकरण सकिएलगत्तै शुक्रबारदेखि सिफारिस समितिले अन्तर्वार्ता थालेको छ । तीन दिनमा १४ जनाकै अन्तर्वार्ता सकेर तीनजनाको नाम शिक्षामन्त्री हुँदै प्रधानमन्त्री तथा त्रिवि कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेस गर्ने तयारी छ । 

त्रिविमा उपकुलपति छनोटका लागि सर्च कमिटी गठन गरिएको छ । जसमा शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष, शिक्षासचिव सुरेश अधिकारी सदस्य र त्रिवि सभाका सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे छन् । सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले नै उपकुलपति चयन गर्नेछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाका अनुसार सर्टलिस्टेडहरूको अन्तर्वार्ता सुरु भएको र अरू बाधा–अड्चन नआए यसै साता कुलपतिको नाम टुंगिने बताए । ‘अरूभन्दा अन्तर्वार्ताको चरणमा कम समय लाग्ने भएकाले छिट्टै सकिनेछ । अरू बाधा अड्चन आएन भने सम्भवतः यसै साता उपकुलपतिको टुंगो लाग्छ, सिफारिस समितिले तीव्र रूपमा काम गरिरहेको छ,’ उनले भने, ‘प्रक्रियाका क्रममा प्रश्न पनि उठिरहेका छन् ।’ अन्तर्वार्ता सकिएपछि सबैको नम्बर टेबुलेसन गरिनेछ । 

प्रस्तुतीकरणमा २० र अन्तर्वार्ता चरणमा १५ अंकभार जोडिन्छ । यसअघि सिफारिस समितिले १४ जनाका नाम सिफारिस गरिसकेपछि प्रस्तुतीकरणको चरण सुरु भएको थियो । सिफारिस समितिले ‘सर्टलिस्टमा’ परेका मध्ये कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन् । 

यसअघि सोमबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले पनि उपकुलपति नियुक्तिलाई थप पारदर्शी बनाउन दबाब दिएको थियो । 

सांसद र सिफारिस समितिका सदस्यसहितको उपस्थितिमा समितिमा छलफलसमेत गरिएको थियो । छलफलका क्रममा सिफारिस समितिको भूमिका शंकास्पद देखिएको भन्दै सांसदहरूले छनोट प्रक्रिया नै स्थगित गर्न मागसमेत गरेका थिए । तर, योभन्दा उत्तम विकल्प अरू नहुने भन्दै सरकारले छनोट प्रक्रियालाई निरन्तरता दिँदै आइरहेको छ ।

अन्य तीन विश्वविद्यालयमा पनि उपकुलपति छनोट गरिँदै 
त्रिविसँगै अन्य तीनवटा विश्वविद्यालयमा पनि उपकुलपतिका लागि आवेदन आह्वान गरिएको छ । पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान भएको हो । तर, मन्त्रालयले सबैभन्दा बढी प्राथमिकतामा वित्रिलाई नै राखेको छ । त्रिविमा उपकुलपतिको लागि सांसददेखि शिक्षा क्षेत्रका विज्ञहरूले प्रश्न उठाउँदै आइरहेका छन् । त्यस्तै, सबै विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया एकै किसिमको छैन । यसका मापदण्ड फरक–फरक रहेको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । उनका अनुसार सबैभन्दा प्रभावकारी मापदण्ड त्रिविकै छ । अन्य विश्वविद्यालयमा उपकुलपति छनोटको प्रक्रियामा फरक–फरक मापदण्ड छ ।
 

ad
ad