१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

वित्तीय परिसूचक सर्वोत्कृष्ट रहेको एनआइसी एसिया बैंकको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:४९:oo

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकमध्ये उत्कृष्टमा पर्न सफल भएकोमा एनआइसी एसिया बैंकले आभार प्रकट गरेको छ। 

बैंकले सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिएका ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको हो। 

साथै बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा गर्दै सबै सरोकारवालाको हित संरक्षण र सवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट गरेको छ।

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङलगायतका वित्तीय परिसूचक सर्वोत्कृष्ट बन्न सफल भएको दाबी गरेको छ। 

ad
ad