१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

डिएसपी गैरे सुरेशको संगीतमा ‘मीरा हुँ म तिम्री’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:oo:oo

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डिएसपी)समेत रहेका संगीतकार गैरे सुरेशको ‘मीरा हुँ म तिम्री’ गीत सार्वजनिक भएको छ। प्रणय दिवसको छेको पारी गैरले प्रेमिल गीत सार्वजनिक गरेका हुन्। 

गीतमा बेनिसा पौडेलको स्वर रहेको छ भनेर शब्द सिर्जना सबिता बस्नेत दानीको छ। युट्युबमा गैरे सुरेश अफिसियल च्यानलमार्फत उक्त गीतमा शीला गजुरेल र विशाल थापाको अभिनय रहेको छ। त्यस्तै, सन्दीप भुजेलको निर्देशन र भिडियो सम्पादन ओम प्रसाईंले गरेका छन्। 

लामो समयदेखि सुगम संगीत, विशेष गरी गजलमा स्वर र संगीत दिएका गैरे ‘बिम्ब’मार्फत सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए। उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायतका २० बढी एल्बम छन् । साथै, ‘नाइँ नभन्नु ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत दिएका छन्। 

उनले संगीत गरेका गीत-गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि लोकप्रिय छन् । 

सांगीतिक दुनियाँबाट स्रोताहरूको मन जित्न सफल गैरे एपिएफमा पनि राम्रो करिअर भएका व्यक्ति मानिन्छन्। उनी स्कलरसिपमा ‘काउन्टर टेरोरिजम’ मा मास्टर्स गर्ने एफिएफबाट पहिलो अधिकृत हुन्। उनले अमेरिकाबाट सो कोर्स गरेका छन्। हाल उनी एपिएफमा इन्स्ट्रक्टरका रूपमा कार्यरत छन्।

ad
ad