१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

माल्दिभ्सविरुद्ध नेपालको कीर्तिमानी जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:५१:oo

नेपाली टाेलीले एसिसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध कीर्तिमानी जित हात पारेको छ। जितका लागि दुई सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अलआउट भएसँगै नेपालले दुई सय १४ रनको कीर्तिमानी जित हात पारेको हो।

माल्दिभ्सले १३.५ ओभरमा १३ रन बनाएर सबै विकेट गुमायो। माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक पाँच रन जोडिन् भने ६ खेलाडी शून्यमै आउट भए। 

यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि २०२१ मा कतारविरुद्ध एक सय १९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो।

नेपालको जितमा अस्मिना कर्माचार्यले चार ओभरमा सात रन खर्चेर चार विकेट लिइन्। पूजा महतो र रुबिना क्षेत्रीले समान  तीन विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय २७ रनको विशाल योगफल बनाएको थियो। 

नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले ५९ बलमा १० चौका र ५ छक्काको मद्दतमा एक सय १८ रनको अविजित शतकीय पारी खेलिन्। यस्तै, पूजा महतो ३६ बलमा पाँच चौका र एक छक्कासहित ५९ रनमा नटआउट रहिन्। नेपालले यसअघिको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई पराजित गरेको छ। 
 

ad
ad