Skip This
नेप्से २१ सय विन्दुमा, साढे तीन अर्बभन्दा बढीको कारोबार
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २९ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २९ सोमबार १५:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २१ सय विन्दुमा, साढे तीन अर्बभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १५:२४:oo

साताको पहिलो कारोबार दिन १० अंकले घटेको नेप्से परिसूचकमा दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार नेप्से १५.३३ अंकले बढेर दुई हजार एक सय १.१६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक प्रतिशतभन्दा कमले बढेको छ।

आज एक करोड १० लाख आठ हजारभन्दा बढी कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँबराबरमा कारोबार भएको छ।

नेप्सेका १३ समूहमध्ये ‘अन्य’ समूहको सूचक ०.०५ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक वृद्धि भएको छ। लगानी समूह सबैभन्दा धेरै २.२२ प्रतिशतले बढ्दा वित्त, जलविद्युत्, लगानी र निर्जीवन समूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्।

कारोबार भएकामध्ये ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने एक सय ९९ कम्पनीको मूल्य घटेको छ। बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

एनआइसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ। इमर्जिङ नेपाल र मिडसोलु हाइड्रोपावरको मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा छ। यस कम्पनीको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।