१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २८ आइतबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २८ आइतबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा सुरेशचन्द्र रिजाल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २८ आइतबार १३:२o:oo

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल सम्मानित भएका छन्। माघ २७ र २८ गते काभ्रेको धुलिखेलमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा रिजाल सम्मानित भएका हुन्। 

दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति, धुलिखेल र एस्ट्राे वास्तु एन्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा उक्त सम्मेलन भएको थियो। रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ, राष्ट्रिय समितिका उपाध्यक्षसमेत हुन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल भएको थियो।

कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिलाई समेत सम्मान गरिएको थियो।

सम्मेलनमा नेपाल पन्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, एसियन एस्ट्राेलोजर कंग्रेस अध्यक्षमण्डलका महासचिव प्रा.डा एस.के. शास्त्री, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. जिएम गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा. प्रेमसिंङ साम्पाङ राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा. टी. सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा. नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीनलगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।