१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

अनि आत्मनिर्भर हुन्छन् बालबालिका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३३:oo

अभिभावकले बच्चालाई आत्मनिर्भर हुन सिकाउनुपर्छ । यसका लागि किशोरावस्था टेके (१३ वर्षदेखि)पछि घरमा दैनिक प्रयोग हुने सामग्रीहरू पाउरोटी, दूध, कापी–कलम आदि किन्न सिकाउनु राम्रो हुन्छ । बच्चालाई यस्ता सामग्री किन्दा आफूसँगै लिएर जानुपर्छ । उनीहरूले सपिङको मज्जा लिन पाउँछन्, बाहिरी दुनियाँ बुझ्न पाउँछन् । आत्मविश्वास बढ्छ र बिस्तारै आफैँ यस्ता सामग्री किन्न थाल्छन् । 

किशोरावस्थामा पुगिसकेपछि बच्चालाई खाना पकाउन पनि सिकाउनुस् । चाउचाउ उमाल्न, अम्लेट बनाउन, दूध तातो बनाउन, पाउरोटीमा जाम लगाउन, चिया बनाउन सिकाउन सकिन्छ । भोक लागेपछि बच्चाले आफैँ बनाएर पनि खान सक्छ । 

बच्चालाई आफ्नो कोठा, कपडा र आफ्ना सामान मिलाएर राख्न सिकाउनुस् । यस्तो स्वभावले उनीहरूलाई संयोजित बन्न सिकाउँछ । अभिभावक बाहिर भएको समय पनि उनीहरूलाई खासै समस्या हुँदैन । त्यस्तै, कपडाको जतन गर्न सिकाउनुपर्छ । फोहोर कपडा धुन, सुकाउन, आइरन गरिएका कपडालाई सम्हालेर राख्न सिकाउनुपर्छ । बच्चामा सफा कपडा मात्रै लगाउने बानीको विकास हुन्छ 

ad
ad