Skip This
एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Tuesday, 11 August, 2026
२o८o माघ २५ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार १८:५२:oo

नेकपा एमाले दोलखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्।

प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पछि पार्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विजयी श्रेष्ठले ३३३ मत पाउँदा उनका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाएका छन्।

एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी भएका छन्। उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्दै मानन्धर विजयी भएका हुन्। थोकरले २६३ मत पाएका छन्।

यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी भएका छन्। खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाए।

उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ।