१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४४:oo

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा त्रियुगा नगरपालिका– ११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतक कटुवालसँगै मोटरसाइकलपछाडि सवार त्रियुगा– १० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ। तीव्र गतिका कारण दुर्घटना भएको चौधरीको भनाइ छ।

ad
ad