Skip This
नियमविपरीत कञ्चनपुरमा सञ्चालित भारतीय सवारीसाधन प्रहरीको फन्दामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o माघ २४ बुधबार ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियमविपरीत कञ्चनपुरमा सञ्चालित भारतीय सवारीसाधन प्रहरीको फन्दामा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार ११:१८:oo

नियमविपरीत कञ्चनपुरमा सञ्चालित भारतीय सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियमविपरीत (नेपाल)मा सञ्चालित रहेका भारतीय सवारीसाधन नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले सीमावर्ती क्षेत्र गड्डाचौकीसहितका स्थानबाट ५८ वटा भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको बताए । 

‘नियमविपरीत कञ्चनपुरमा सञ्चालनमा रहेका भारतीय सवारीसाधन नियन्त्रणमा लिएको छौँ,’ प्रवक्ता डाँगीले भने, ‘४८ सवारीसाधन सम्बन्धित धनीलाई बुझाइदिएका छौँ, बाँकी १० भन्सार पठाएका छौँ ।’

प्रवक्ता डाँगीका अनुसार भन्सार नतिरी, सुविधा नलिई विद्यमान आर्थिक ऐन भन्सार व्यवस्थाविरुद्धमा सञ्चालनमा रहेका भारतीय सवारीसाधनबाट यात्रु बोक्ने गुनासो आएपछि भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको बताए । 

भीमदत्त नगरपालिका– ११ नम्बर वडा कार्यालयकोसमेत सीमावर्ती क्षेत्रमा सवारीसाधन पार्किङ नगर्ने निर्णयलाई पालना गर्न गराउन उक्त भारतीय सवारीसाधन नियन्त्रणमा लिएको बताए । कञ्चनपुर प्रहरीले भारतीय सवारीसाधन कानुनअनुरूप सञ्चालन गर्नसमेत आह्वान गरेको छ ।