१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एक लाख ३७ हजारसहित  १२ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५o:oo

 एक लाख ३७ हजार एक सय २० रुपैयाँ नगदसहित प्रहरीले पोखराबाट १२ जनालाई पक्राउ गरेको छ । पैसा राखेर तास खेलिरहेका सात र लुँडो खेलिरहेका पाँचजनालाई पक्राउ गरेको हो । उनीहरूलाई दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

थापाका अनुसार पोखरा– १२ अमरसिंह चोकस्थित प्रगतिनगर टोलमा डेरा गरी बस्ने नरबहादुर गुरुङको कोठाबाट दुई सय १२ पत्ती ताससँगै नगद ६४ हजार आठ सय ९५ सहित सातजना र पोखरा– ११ धरहरा मार्गबाट लुँडो खेलिरहेको अवस्थामा नगद ७२ हजार दुई सय २५ सहित पाँचजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा प्रगतिनगर टोलबाट नरबहादुर गुरुङ, पोखरा– १२ फूलबारी बस्ने बलराम थापा, पोखरा– १२ गुठीटोल बस्ने भीमबहादुर मगर, पोखरा– १२ लालीगुँरास टोल बस्ने कृष्णकुमारी गुरुङ, पोखरा– १२ हस्पिटल चोक बस्ने सोमबहादुर तामाङ, पोखरा– १२ लालीगुँरास टोल बस्ने जसबहादुर गुरुङ र पोखरा– १२ गोरखालाइन बस्ने मीना गुरुङ रहेकी छिन् ।

यसैगरी पोखरा– ११ धरहरा मार्गमा लुँडो खेलिरहेका पोखरा– ११ फूलबारी बस्ने प्रदीपबहादुर गुरुङ, पोखरा– ६ लेकसाइड बस्ने विकास विक, पोखरा– ११ फूलबारी बस्ने सुनील सारू मगर, पोखरा– ११ फूलबारी बस्ने धनश्री पुन र पोखरा– ११ फूलबारीका किसान पुन पनि पक्राउ परेका छन् । 

ad
ad