१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ३७ हजार नगदसहित पोखराबाट १२ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o५:oo

एक लाख ३७ हजार एक सय २० रुपैयाँसहित प्रहरीले पोखराबाट जुवा खेलिरहेका सात र लुँडो खेलिरहेका पाँचजना गरी १२ जनालाई पक्राउ गरेको छ। पोखराको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

थापाका अनुसार पोखरा– १२ अमरसिंह चोकस्थित प्रगतिनगर टोलमा डेरा गरी बस्ने नरबहादुर गुरुङको कोठाबाट जुवा खेल्दै गरेको अवस्थामा दुई सय १२ पत्ती ताससँगै नगद ६४ हजार आठ सय ९५ सहित सातजना पक्राउ परेका हुन्। यसैगरी, पोखरा– ११ धरहरा मार्गमा लुँडो खेलिरहेको अवस्थामा ७२ हजार दुई सय २५ नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो।

पोखरा- १२ प्रगतिनगरमा रहेको गुरुङको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पोखरा– १२ प्रगतिनगर बस्ने वर्ष ६५ का नरबहादुर गुरुङ, पोखरा– १२ फूलबारी बस्ने वर्ष ३७ का बलराम थापा, पोखरा १२ गुठिटोल बस्ने वर्ष ४४ का भीमबहादुर मगर, पोखरा– १२ लालीगुराँस टोल बस्ने वर्ष ५३ की कृष्णकुमारी गुरुङ, पोखरा– १२ हस्पिटल चोक बस्ने ५२ वर्षका सोमबुहादुर तामाङ, पोखरा– १२ लालिगुराँस टोल बस्ने वर्ष ४९ का जसबहादुर गुरुङ र पोखरा १२ गोरखालाइन बस्ने वर्ष ५० की मीना गुरुङ रहेकी छिन्।

यता, पोखरा- ११ धरहरा मार्गमा लुँडो खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पोखरा– ११ फूलबारी बस्ने वर्ष ३२ का प्रदीपबहादुर गुरुङ, पोखरा– ६ लेकसाइड बस्ने वर्ष ३९ का विकास विक, पोखरा- ११ फूलबारी बस्ने वर्ष ३० का सुनील सारू मगर, पोखरा- ११ फूलबारी बस्ने वर्ष ४५ की धनश्री पुन र पोखरा- ११ फूलबारीका ४८ वर्षीय किसान पुन रहेका छन्।

ad
ad