१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुख्यमन्त्रीले गरे प्रदेशिक आयुर्वेद अस्पतालको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३४:oo

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पतालको अनुमान गरेका छन्। प्रदेश सरकारमातहत रहेको यो अस्पतालको शनिबार मुख्यमन्त्री कार्कीले अस्पतालको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा अस्पतालका निमित्त निर्देशक डा‍. सिद्धार्थ ठाकुरले अस्पतालका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी दिएका थिए। 

सञ्चालनमा आएको डेढ वर्षसम्म पनि सरकारको बेवास्ताले अस्पताल पूर्ण सञ्चालनमा आउन सकेको छैन। जनशक्ति, औषधि र अन्य उपकरण अभावमा पनि अस्पतालले सेवा दिइरहेको छ। अस्पतालमा दैनिक प्रदेशभरिका एक सय बढी बिरामीले सेवा लिइरहेका छन्। 

डा. ठाकुरले अस्पताललाई पूर्ण सञ्चालनमा सहयोग गर्न आग्रह गरे। अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले यो अस्पताललाई प्रदेशले आयुर्वेदको मुख्य अस्पताल बनाउने बताए। 

उनले अस्पताललाई स्थानीयको रोजगारीसँग जोड्न निर्देशन दिए। ‘यहाँका स्थानीयलाई रोजगारीसँग जोड्नुपर्छ। नजिकै औषधि पसल, होटेल, खाजाघर सञ्चालन हुँदा स्थानीयको रोजगारी पनि बढ्छ,’ उनले भने, ‘यहाँ स्थानीयलाई आम्दानीको स्रोत बनाउन सकियो भने राजस्व बढ्छ र सरकारले यो अस्पतालको विकास गर्न सक्छ।’ 

यसअघि नयाँ पत्रिका दैनिकले अस्पतालका समस्याबारे समाचार प्रकाशन गरेको थियो। अस्पताललाई बिरामीको सेवासँगै आयुर्वेद अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको डा. ठाकुरले बताए। उनले बिरामीलाई अस्पतालसम्म आउन आग्रह पनि गरे।

ad
ad