१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस बैतडी
२o८१ बैशाख २१ शुक्रबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सातजना घाइते

Read Time : < 1 मिनेट
रासस, बैतडी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४६:oo

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो  वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भूपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट घाइते भएका छन्।

घाइतेमध्ये जिपचालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए। घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित आठजना सवार थिए।

ad
ad