१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस इस्लामावाद
२o८१ बैशाख २० बिहीबार १२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानसँग सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
रासस, इस्लामावाद
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२८:oo

पाकिस्तानी प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता दोहोर्‍याएका छन्।

इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्री काकरले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू, विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

त्यस्ता कूटनीतिक सिद्धान्तहरूको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता अक्षुण्ण राख्न र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्त्वलाई जोड दिएकाे बताइएको छ।

साथै, उनले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन्।

ad
ad