१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १४ आइतबार
  • Wednesday, 03 July, 2024
२o८o माघ १४ आइतबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

धादिङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार १९:o२:oo

धादिङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल मर्मका साथ आइतबारबाट जिल्ला सदरमुकाम धादिङबेँसीमा १३औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भएको बताइन्। ‘खेल क्षेत्रलाई प्रदेशले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले खेल क्षेत्रका पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ।’

प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु, एथ्लेटिक्सका फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुटलगायतका खेलहरू खेलाइने खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए।

माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३३० पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फको खेलहरू हुनेछन्। जिल्लाको १३वटै पालिकाबाट करिब ९५० खेलाडीहरू सहभागी भएका छन्।

यस प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्षसम्मका छात्र-छात्राहरूले भाग लिन पाउनेछन्। जिल्लाबाट छनोट भएका खेलाडीहरू प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउनेछन्।

ad
ad
ad
ad