१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ग्यालेक्सी अनप्याक्डमा सामसङले गर्‍यो मोबाइल एआईकाे नयाँ युगको सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१४:oo

सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस२४ सिरिजको रिलिजसँगै मोबाइल एआईको नयाँ युगको औपचारिक घोषणा गरेको छ।

शुक्रबार काठमाडौं मेरियट होटेलमा गरिएको अनप्याक कार्यक्रममा मोबाइल उपकरणमार्फत विश्वसँग अन्तर्क्रिया गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गरिएको सामसङले जनाएको छ। 

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका हुन्।

निर्देशक स्थापितले भने, ‘ग्यालेक्सी एस२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआईको साथ हामी अल्ट्रा–पर्सनालाइज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौँ। हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र   एक्सपिरिएन्सलाई जोड्छ। आज हामी एउटा नयाँ अध्याय खोल्दै छौँ, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन।’ 

ग्यालेक्सी एस२४ सिरिज र ग्यालेक्सी एआईलाई आफ्नो जीवनमा ल्याउन सबैजनाले अनुभवबाटै धेरै प्रभावित र मोहित भएको सामसङले जनाएको छ। ग्यालेक्सी एस२४ सिरिज दैनिक जीवनमा कसरी सहज रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई कार्यक्रममा  प्रकाश पारेको थियो।

ad
ad