१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरू सामाजिक सुरक्षा योजनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१२:oo

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर मकवानपुरको भीमफेदी गाउँपालिका सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्ने देशकै पहिलो पालिका बनेको छ।

शनिबार एक औपचारिक कार्यक्रमबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन्। योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पञ्जीकृत भएका कृषि, निर्माण र यातायात क्षेत्रका ९८ श्रमिकहरू सहभागी भएका छन्।

सामाजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको श्रमिक न्यूनतम बेतन १० हजार ८ सय २० तोकेअनुसार त्यसमा पञ्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नेछन् भने योजनामा सहभागी श्रमिकको तर्फबाट कोषमा पालिकाले ९.३७ प्रतिशत जम्मा गर्नेछ।

कोषमा आबद्ध भएका मजदुरले वार्षिक १ लाखबराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिनबराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भई अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन्।

ad
ad