१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विभूषण पाएको १० दिनमै घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई ६ महिना कैद

प्रतिकूल बकपत्र गर्नेलाई सफाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:२३:oo

घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महतलाई सजाय सुनाइएको छ। शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो।

मालपोत प्रमुख रहेकी उनले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो। फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो। जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो।

महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन्। उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो।

यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाइ पाएकी छिन्। लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाइ दिएको हो। यी दुवै मुद्दा लगाउमा राखी सुनुवाइ भइरहेका थिए।

लेखाले घुसबापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन्। उनले यही कुरा अख्तियारलाई बताइकी थिइन्। जसकारण अख्तियारले उनलाई मतियारको रूपमा मुद्दा नचलाई सरकारी साक्षीका रूपमा पेस गरी सजाय छुट दिएको थियो।

ad
ad