Skip This
रूपनगर क्याम्पसमा छात्राहरूका लागि सीपमूलक तालिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १३ शनिबार
  • Friday, 26 July, 2024
२o८o माघ १३ शनिबार o८:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपनगर क्याम्पसमा छात्राहरूका लागि सीपमूलक तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १३ शनिबार o८:२९:oo

सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा किशोरीहरूका लागि जीवन उपयोगी सीपमूलक तालिम शुक्रबारदेखि सुरु भएको छ। सिक्वेल फाउन्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा तालिम चार महिनासम्म सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिएका छन्।

'डिजिटल साक्षरता', 'वित्तीय साक्षरता', 'इन्टर पर्सनल सञ्चार सिप,' र 'यौन तथा प्रजनन स्वास्थ्य'का विविध पक्षबारे सिप सिकाइनेछ। सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न सिप सिकाएर 'गरी खान सक्ने' बनाउने उद्देश्यले यस्तो तालिम सुरु गरिएको आयोजक संस्था सिक्वेल फाउन्डेसनले जनाएको छ।

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका-१२ स्थित श्री शंकर माध्यमिक विद्यालयका २० जना किशोरीहरूलाई दिइने सीपमूलक तालिमअन्तर्गत डिजिटल साक्षरता, वित्तीय साक्षरता, इन्टर पर्सनल सञ्चार सिप र यौन तथा प्रजनन स्वास्थ्य विषयमा एक महिना विविध पक्षबारे सिप सिकाइनेछ।

कञ्चनरूपका नगर प्रमुख ललनप्रसाद गुप्ताले कम्प्युटरको 'कि' थिचेर तालिमको उद्घाटन गरे। नगर प्रमुख गुप्ताले तालिमबाट प्रविधि र जीवनका विभिन्न विषयमा छात्राहरूले सिन्नेछन् भन्ने विश्वास व्यक्त गरे। 'हाम्रो नगरमा यस्तो उपयोगी तालिम गरिदिनुभएकोमा सिक्वेल फाउन्डेसन र रूपनगर क्याम्पस दुवैलाई धन्यवाद दिन चाहन्छु,' उनले भने ।

कञ्चनरूप १२ का वडाध्यक्ष देवीबहादुर खत्रीले कम्प्युटर र इन्टरनेट प्रविधिको सिप अनिवार्य भैसकेको अहिलेको युगमा प्रविधिको प्रयोग जानिएन भने पछि परिने हुँदा मन लगाएर पढ्न विद्यार्थीहरूलाई सुझाव दिए।

रूपनगर क्याम्पसले व्यावहारिक जीवनमा अत्यावश्यक विभिन्न सिप छात्र/छात्राहरूलाई सिकाउने अभियान सुरु गरेको प्राध्यापक गजुरेलले बताए। क्याम्पसमा विगत तीन महिनामा साइबर सुरक्षा, बैँकिङ, सेयर कारोबारलगायतका विषयमा अधिमुखीकरण कार्यक्रम गरिसकेको छ।

उनका अनुसार क्याम्पसले प्रविधिसम्बन्धी अन्य विषयमा पनि छिट्टै कार्यक्रम गर्ने भएको छ। क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले भने, 'कञ्चनरूप नगरपालिका र वरपरका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूका लागि विभिन्न विषयमा छोटो तालिम र अभिमुखीकरण कार्यक्रम डिजाइन गरेका छौँ। विद्यालयको सहयोग र समन्वयमा फागुनदेखि तालिम सुरु गर्दै छौँ।'