१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राम मन्दिर प्राणप्रतिष्ठा : बाबुआमाको सम्झनामा कम्बल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३२:oo

छिमेकी मुलुक भारतको अयोध्यास्थित राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा सिराहाको लहान नगरपालिका– १२ का वडाध्यक्षले आफ्ना दिवंगत बाबुआमाको स्मृतिमा गाउँका गरिब विपन्नलाई कम्बल बाँडेका छन्।

लहान नगरपालिका– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले सोमबार दिउँसो जटियाहीस्थित आफ्नै घरमा स्थानीय ५० जना गरिब, विपन्न र दलित परिवारका वृद्धवृद्धा, असहाय, एकल महिलालाई कम्बल बाँडेका हुन्। 

‘प्राणप्रतिष्ठाको अवसरमा लहान क्षेत्रमा पनि हिन्दु धर्मप्रति आस्थावान् व्यक्तिहरूले आफ्नो गच्छेअनुसार झाँकी र्‍यालीमा आएका भक्तजनहरूलाई पानी, चिया खुवाइरहेको जानकारी दिँदै उनले भने, ‘मैलेचाहिँ आफ्ना बाबुआमाको सम्झनामा गाउँका गरिब, विपन्न र असहायहरलाई कम्बल बाँडेँ।’ 

स्थानीय तहका प्रमुख, व्यापारी, सर्वसाधारणको सहभागितामा जिल्लाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिराहा, सुखीपुरलगायतका ठाउँहरूमा सोमबार झाँकी, रथयात्रा गरिएको थियो। लहानस्थित राम मन्दिरअगाडि ११ हजार एक सय ११ वटा दीप प्रज्ज्वलन गरिएको थियो।

ad
ad