१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मधेशमा शीतलहरको कहर(फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o३:oo

शनिबार बिहान १० बजेको तस्बिर । पुसको तेस्रो सातादेखि बढेको शीतलहर र चिसोले तराई मधेशको जनजीवन प्रभावित बनेको छ ।

चिसोले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् । राजमार्गमा यातायातका साधन कम देखिएका छन्, दिउँसै बत्ती बालेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ । चिसोले बजार क्षेत्रमा चहलपहल घटेको छ । ७ माघसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

सिराहाको लहान नगरपालिका, कर्जन्हा र गोलबजार नगरपालिकाले बढी चहलपहल हुने ठाउँमा दाउरा बाल्ने व्यवस्था गरेका छन् । लहान क्षेत्रका जाडो प्रभावितलाई न्यानो कम्बल बाँडिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जाडोबाट प्रभावित गरिब, दलित, असहायको संख्या यकिन गर्ने, स्थानीय तहमा दाउरा तथा न्यानो कम्बलको स्टक जाँच गर्ने गर्ने निर्णय गरेको छ ।

ad
ad