१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

छैटाैँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४o:oo

स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको छैटाैँ संस्करण यही माघ १६ देखि २७ गतेसम्म हुने भएको छ। आयोजकले प्रतियोगिताको तयारीबारे शुक्रबार जानकारी दिँदै यस वर्ष प्रतियोगितामा १२ टिमको सहभागिता रहने जनाएको छ।

आयोजक फुटबल संघ मकवानपुरका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले प्रतियोगिता हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा हुने जानकारी दिए। अध्यक्ष लामाका अनुसार यस वर्षको गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लबहरू चर्चब्वाइज युनाइटेड र संकटा क्लबको समेत सहभागिता रहनेछ।

यसैगरी, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, मनाङमर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, बागमती युवा क्लब सर्लाही, राजारानी क्लब धनकुटा र एन्फा मकवानपुर सहभागिता रहने अध्यक्ष लामाले बताए।

मकवानपुरको डाँफे युवा क्लबले व्यवस्थापकीय जिम्मेवारी लिएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलेलाई बुलेट मोटरसाइकल प्रदान गरिने अध्यक्ष लामाले जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। प्रतियोगितामा मकवानपुर जिल्लाका १० स्थानीय तहले आर्थिक सहयोग गर्ने बताइएको छ।

ad
ad