१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तान–इरान सीमा विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१६:oo

पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ। 

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सातजना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ।’

उनले भने, ‘यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ।’ आणविक शक्तिसम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसंख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन्।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकु समूहमाथि आक्रमण गरेको बताएको थियो। तेहरानले कम्तीमा सातजनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ।

दुवै देश बेइजिङका घनिष्ट साझेदार र सांघाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन्। इरान र पाकिस्तान चीनका मित्रराष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याए। 

ad
ad